नियम २०
अभिमुखीकरण तालिम लिनु पर्ने
(१) वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व बोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसार देहायको विषयमा अभिमुखीकरण तालिम लिनु पर्नेछः–
(क) नेपालको वैदेशिक रोजगार कानून सम्बन्धीे,
(ख) वैदेशिक रोजगारमा जाने मुलुकको भौगोलिक स्थिति, स“स्कृति, रहन सहन, आर्थिक, सामाजिक र राजनैतिक अवस्था सम्बन्धी,
(ग) वैदेशिक रोजगारमा जाने मुलुकको भाषा सम्बन्धी,
(घ) वैदेशिक रोजगारमा जाने मुलुकको श्रम, अध्यागमन कानून तथा ट्राफिक नियम सम्बन्धी,
(ङ) एच.आई.भी.÷एड्स, सरुवा रोग, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी,
(च) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी,
(छ) सहज र सुरक्षित यात्रा सम्बन्धी,
(ज) कामदारको आचरण, व्यवहार र सुरक्षा सम्बन्धी,
(झ) विदेशमा कमाएको आय सरल, सहज र सुरक्षितरुपमा नेपाल पठाउने सम्बन्धी ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एकपटक अभिमुखीकरण तालिम लिर्ई वैदेशिक रोजगारमा गएका कामदारले सोही मुलुकमा वैदेशिक रोजगारमा जाँदा पुन अभिमुखीकरण तालिम लिनु पर्ने छैन ।